सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा यस्तो देखियो ओस्कार अवार्डको रेडकार्पेट
ओस्कार अवार्ड

तस्बिरमा यस्तो देखियो ओस्कार अवार्डको रेडकार्पेट

सोमबार, २८ फागुन २०८०

लस एन्जलिस । यस वर्षको ९६ औं संस्करणको ओस्कार अवार्ड सोमबार बिहान लस एन्जलिसको डल्बी थिएटरमा आयोजना गरिएको छ । अवार्ड समारोहमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । फिल्मले ‘बेस्ट पिक्चर’को अवार्ड जित्दा फिल्मका लागि निर्देशक क्रिस्टोफर नोलेनले ‘बेस्ट डिरेक्टर’, किलियन मर्फेले ‘बेस्ट एक्टर’ र रोबर्ट डाउनर जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ विधाको अवार्ड चुमे । 

यो फिल्म आवणिक बमका आविस्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेनहाइमरको जीवनीमा आधारित छ । किलियन ओस्कार अवार्ड जित्ने पहिलो आइरिस अभिनेता हुन् । किलियनले फिल्ममा ओपेनहाइमरको शीर्ष भूमिकामा अभिनय गरेका छन् । फिल्ममा रोबर्ट डाउने जुनियरले अमेरिकी सरकारी अधिकारी लुईस स्ट्रसको भूमिकामा अभिनय गरेका छन् । ‘ओपेनहाइमर’ ले ‘बेस्ट इडिटिङ’, ‘ओरिजिनल स्कोर’ र ‘सिनेमाटोग्राफी’ विधाको अवार्ड पनि जितेको थियो ।

कार्यक्रम अघि रेड कार्पेटको आयोजना गरिएको छ । हेरौँ केही तस्बिर :

1234567891011121314151617181920

तस्बिरहरु : रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया