अध्यक्षमा उम्मेदवारी दर्ता गर्दै दाहालले भने–पार्टीको ह्याङओभर हुँदैन
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका सांसद नारायण दाहालले आफू अध्यक्षमा निर्वाचित भएपछि आफ्ना काम कारबाहीमा पार्टीको ह्याङओभर नदेखिने बताएका छन् । सोमबार उम्मेदवारी दर्तापछि ससद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै विगतमा पार्टीमा लागेकाले जिम्मेवारी पुरा गरेपनि अव राष्ट्रिय सभामा राष्ट्रिय सभाको गरिमा बचाउने गरी काम गर्नमा केन्द्रित हुने बताएका हुन् ।
‘राष्ट्रिय सभामा पार्टीको ह्याङओभर देखिँदैन । राष्ट्रिय सभाको मर्यादा र गरिमालाई ख्याल गरेर कामकारबाही र गतिविधि गर्नुपर्छ भन्ने मेरो बुझाई हो । पार्टीका छाया आउनु भएन । कामकारबाही, अभिव्यक्ति र व्यवहारमा फरक हुन्छ ।’ दाहालले आफूलाई माओवादी अध्यक्ष प्रचण्डको भाइ भएको नाताले मात्र हेर्ने दृष्टिकोण सही नभएको बताए । ‘यो कुरा सुन्दा मेरो कान नै पाकिसके ।’
उनले समृद्ध नेपाल निर्माणका लागि सबै दलको साथ सहयोग लिएर अघि बढ्ने कुरामा आफ्नो जोड हुने भन्दै आफू कुनै पार्टी विशेषबाट नभई राष्ट्रपतिबाट मनोनीत भएर आएकाले दलको छाया नपर्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण