५३ वर्षीय पुरुषको घाँटीभित्र कसरी पस्यो ६ सेन्टिमिटर लामो जुका ?
हानोई । भियतनाममा एक पुरुषको घाँटीभित्र जुका भेटिएको छ । घाँटीमा अप्ठ्यारो महसुस हुन थालेको अनि स्वर पनि धोद्रो आउन थालेपछि सामान्य रुघा खोकी होला भन्ने ५३ वर्षीय ती पुरुषले सोचेका थिए । तर अस्पतालमा उनले कल्पनै नगरेको कुरा थाहा भयो । घाँटीभित्र ६ सेन्टिमिटर लामो जुका थियो ।
शुरुमा ती पुरुष आफैंले मुख बाएर के भएछ भन्ने पत्ता लगाउने कोसिस गरे । घाँटीको माथिल्लो हिस्सामा खैरो वस्तु टाँसिएको देखेपछि आत्तिएर उनी तत्कालै अस्पतालमा गए । हानोईको नेशनल हस्पिटल अफ इन्डोक्रिनोलोजीमा पुगेर उनले घाँटीमा अप्ठ्यारो भएको अनि बेला बेलामा थुकमा रगत आइरहेको बताए । इन्डोस्कोपी गर्दा घाँटीमा जुका टाँसिएको डाक्टरले देखे ।
एक महिना अघि मुसाको थाप्ने पासो चलाउने क्रममा ती पुरुषलाई चोट लागेको थियो । जडीबुटीको प्रयोगमा विश्वास गर्ने ती पुरुषले घरबाहिर गएर जडीबुटी टिपेर मुखमा हाले अनि चपाएर मसिनो बनाएर घाउमा लगाए । उनको हात त निको भयो । तर नपखालेको पात मुखमा हाल्दा मसिनो जुका मुखभित्र छिर्यो । यस्तो खालको घटना दुर्लभ सुन्ने गरिन्छ । सन् २०१९ मा भियतनाममै अर्का एक पुरुषको घाँटीमा पनि जुका टाँसिएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण