५३ वर्षीय पुरुषको घाँटीभित्र कसरी पस्यो ६ सेन्टिमिटर लामो जुका ?
हानोई । भियतनाममा एक पुरुषको घाँटीभित्र जुका भेटिएको छ । घाँटीमा अप्ठ्यारो महसुस हुन थालेको अनि स्वर पनि धोद्रो आउन थालेपछि सामान्य रुघा खोकी होला भन्ने ५३ वर्षीय ती पुरुषले सोचेका थिए । तर अस्पतालमा उनले कल्पनै नगरेको कुरा थाहा भयो । घाँटीभित्र ६ सेन्टिमिटर लामो जुका थियो ।
शुरुमा ती पुरुष आफैंले मुख बाएर के भएछ भन्ने पत्ता लगाउने कोसिस गरे । घाँटीको माथिल्लो हिस्सामा खैरो वस्तु टाँसिएको देखेपछि आत्तिएर उनी तत्कालै अस्पतालमा गए । हानोईको नेशनल हस्पिटल अफ इन्डोक्रिनोलोजीमा पुगेर उनले घाँटीमा अप्ठ्यारो भएको अनि बेला बेलामा थुकमा रगत आइरहेको बताए । इन्डोस्कोपी गर्दा घाँटीमा जुका टाँसिएको डाक्टरले देखे ।
एक महिना अघि मुसाको थाप्ने पासो चलाउने क्रममा ती पुरुषलाई चोट लागेको थियो । जडीबुटीको प्रयोगमा विश्वास गर्ने ती पुरुषले घरबाहिर गएर जडीबुटी टिपेर मुखमा हाले अनि चपाएर मसिनो बनाएर घाउमा लगाए । उनको हात त निको भयो । तर नपखालेको पात मुखमा हाल्दा मसिनो जुका मुखभित्र छिर्यो । यस्तो खालको घटना दुर्लभ सुन्ने गरिन्छ । सन् २०१९ मा भियतनाममै अर्का एक पुरुषको घाँटीमा पनि जुका टाँसिएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा सुहाङ नेम्वाङको अग्रता कायमै
-
इङ्ल्याण्डमा हुने फुटबलबाट सिक्नेछौँ : कप्तान लिम्बू
-
आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न आयोगको माग
-
बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
-
लगानी प्रवर्द्धनको वातावरण सृजना गरिनेछ : अध्यक्ष ओली
-
नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह