एक महिना अघि नै ग्याल्पो ल्होसार मनाइसक्यौँ : शेर्पा विद्यार्थी संघ
काठमाडौँ । शेर्पा सामुदायको नयाँ वर्ष अर्थात ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइसकेको नेपाल शेर्पा विद्यार्थी संघले जानकारी दिएको छ । ग्याल्पो ल्होसार गत माघ २७ गते मनाइएको संघले जानकारी दिएको हो ।
‘शेर्पा समुदायले आफ्नो ल्होसार सुरु हुनु एक महिना अघि नै आ–आफ्नो घर रङ्गाउने, सफा गर्ने र नयाँ लुगाफाटो किनी, आँगन अनि घरको छत लगायत गुम्बा अनि चैत्यहरूमा भएका पुराना लुग्दार र ध्वजाहरूलाई परिवर्तन गरि र सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरि घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकु भन्ने वाक्यांश र अष्ट मङ्गलका चिन्हहरूले घर सजाइ मनाइसकेको छ,’ संघले आफ्नो विज्ञप्तिमा भनेको छ ।
नेपाली पात्रोमा भने फाल्गुन २८ गते ग्याल्पो ल्होसार पारेकोमा संघले आपत्ति जनाएको छ । ‘भोटचन्द्र पात्रो अनुसार सम्बन्धित क्षेत्रको विज्ञलाई राखेर सहि तिथि मिती राखी पात्रो निर्माण गर्न नेपाल सरकारलाई बारम्बार अनुरोध गर्दा पनि सुधार हुन सकेन, जुन दुखद पक्ष हो,’ संघले भनेको छ ।
ग्याल्पो ल्होसारको मितिमा भएको त्रुटि सच्याउन संघको माग छ । साथै नेपाल सरकार संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पञ्चाङ्ग निर्णायक विकास समितिमा बौद्ध धर्म गुरु नियुक्ति गर्नका लागि संघले नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण