केन्द्रीय समिति बैठक
इलाम- २ को उपनिर्वाचनमा उम्मेदवारी दिने रास्वपाको निर्णय
सोमबार, २८ फागुन २०८०, १६ : २०
काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डीपी अर्यालले बताए ।
सोही समयमा बझाङको प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा भने रास्वपाले भाग नलिने निर्णय गरेको छ । एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।
बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधनपछि उक्त सिट पनि रिक्त छ । रास्वपाले उपनिर्वाचनका दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय, सामाजिक सद्भाव कायम राख्न अपिल
-
स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका
-
विश्व ज्ञान सम्मेलनको तयारीमा जुट्यो एनआरएनए
-
हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकारका मन्त्रीहरूको कामभन्दा स्टन्ट बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण