सुनको सिक्री नपाएको भन्दै विवाह रद्द गरेको आरोपमा बेहुलासहित ६ जना पक्राउ
मङ्गलबार, २९ फागुन २०८०, १५ : १५
काठमाडौँ । सुनको सिक्री दाइजो नदिएको निहुँमा विवाह रद्द गरेपछि वीरगन्जबाट प्रहरीले बेहुला सहित ६ जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२४ स्थित रानिघाटबाट दुलाहा सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी कुमार विक्रम थापाले रातोपाटीलाई बताए ।
सिक्री नपाएको भन्दै निहुँमा बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश शाहले मण्डबाट नै विवाह रद्द गर्ने घोषणा गरेका हुन् । उनले पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल शाहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्दै थिए । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । पीडित परिवारले बेहुला पक्ष विरुद्ध प्रहरीमा जाहेरी दिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण