साउदी क्लब अल हिलालले बनायो विश्व कीर्तिमान
बुधबार, ३० फागुन २०८०, ०९ : ४२
काठमाडौँ । ब्राजिलियन स्टार नेमारको क्लब अल हिलालले विश्व कीर्तिमान बनाएको छ । साउदी अरेबियन क्लब अल हिलालले व्यावसायिक लिगमा लगातार सबैभन्दा बढी खेल जित्ने कीर्तिमान आफ्नो नाममा पारेको हो ।
अल हिलालले मंगलबार राति खेलिएको एसियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा अल इथिहादलाई २–० गोलले हराउँदै यस्तो विश्व कीर्तिमान बनाएको हो ।
जितसँगै अल हिलाल ४–० कुल गोल भिन्नताका आधारमा एसियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि पुगेको छ ।
पहिलो श्रेणीको व्यावसायिक लिगमा अह हिलालले हात पारेको यो लगातार २८औँ जित थियो । यसअघि लगातार सबैभन्दा बढी खेल जित्ने क्लबको कीर्तिमान वेल्सको दी न्यु सेन्ट्सको नाममा थियो ।
सन् २०१६ मा दी न्यु सेन्ट्सले लगातार २७ खेल जित्दै यस्तो कीर्तिमान बनाएको थियो । अहिले आएर अल हिलालले त्यही कीर्तिमान तोडेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण