एआईका कारण बिजुली संकट हुने
काठमाडौँ । विश्वका कयौँ देशमा बिजुली संकट छ । हरेक वर्ष गर्मी मौसममा यो संकट झनै बढ्छ । नेपालमा पनि हामीले बेला बेलामा बिजुलीको समस्याको सामना गर्नुपरेको छ । गर्मी महिनामा कयौँ घण्टासम्म बिजुली काटिएका दिनहरू त बिर्सिएका छैनौँ ।
पछिल्लो समय विश्वका धेरै देशहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दिनहुँ प्रयोग भइरहेको छ । तपाईंहरूले पनि त च्याटजीपीटी जस्ता टुलहरू प्रयोग गरिरहनुभएकै होला । तर के तपाईंलाई थाहा छ यी एआई टुलहरू सारा विश्वभर नै बिजुली संकटको कारण बन्न सक्नेछन् ।
एउटा रिपोर्टका अनुसार एआई निर्माता कम्पनी ओपनएआईको लोकप्रिय एआई च्याटटूल च्याटजीपीटीले मात्र हरेक घण्टा ५ हजार किलोवाट बिजुली खपत गरिरहेको छ । यो खपत दैनिक २० करोड प्रयोगकर्ताहरूको दैनिक रिक्वेस्टमा भइरहेको छ । रिक्वेस्टको सङ्ख्या बढेमा खपत पनि बढ्न सक्छ । औसत निकाल्ने हो भने च्याटजीपीटीले औसत अमेरिकी घरको तुलनामा प्रति दिन १७ हजार गुणा बढी बिजुली खपत गरिरहेको छ ।
जेनेरेटिभ एआईको प्रयोग अरू बढ्यो भने ऊर्जाको खपत पनि बढ्न सक्छ । डाटा वैज्ञानिक एलेक्स डे भ्रिसका अनुसार गुगलले हरेक सर्चमा जेनेरेटिभ एआई समावेश गर्ने हो भने यसले वार्षिक २९ अर्ब किलोवाट –घण्टा खपत गर्न सक्छ । यो भनेको केन्या, ग्वाटेमाला र क्रोएसिया जस्ता सबै देशहरूको वार्षिक बिजुली खपत भन्दा बढी हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण