बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एआईका कारण बिजुली संकट हुने

बुधबार, ३० फागुन २०८०, १० : ३३
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । विश्वका कयौँ देशमा बिजुली संकट छ । हरेक वर्ष गर्मी मौसममा यो संकट झनै बढ्छ । नेपालमा पनि हामीले बेला बेलामा बिजुलीको समस्याको सामना गर्नुपरेको छ । गर्मी महिनामा कयौँ घण्टासम्म बिजुली काटिएका दिनहरू त बिर्सिएका छैनौँ ।

पछिल्लो समय विश्वका धेरै देशहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दिनहुँ प्रयोग भइरहेको छ । तपाईंहरूले पनि त च्याटजीपीटी जस्ता टुलहरू प्रयोग गरिरहनुभएकै होला । तर के तपाईंलाई थाहा छ यी एआई टुलहरू सारा विश्वभर नै बिजुली संकटको कारण बन्न सक्नेछन् ।

एउटा रिपोर्टका अनुसार एआई निर्माता कम्पनी ओपनएआईको लोकप्रिय एआई च्याटटूल च्याटजीपीटीले मात्र हरेक घण्टा ५ हजार किलोवाट बिजुली खपत गरिरहेको छ । यो खपत दैनिक २० करोड प्रयोगकर्ताहरूको दैनिक रिक्वेस्टमा भइरहेको छ । रिक्वेस्टको सङ्ख्या बढेमा खपत पनि बढ्न सक्छ । औसत निकाल्ने हो भने च्याटजीपीटीले औसत अमेरिकी घरको तुलनामा प्रति दिन १७ हजार गुणा बढी बिजुली खपत गरिरहेको छ ।

 जेनेरेटिभ एआईको प्रयोग अरू बढ्यो भने ऊर्जाको खपत पनि बढ्न सक्छ । डाटा वैज्ञानिक एलेक्स डे भ्रिसका अनुसार गुगलले हरेक सर्चमा जेनेरेटिभ एआई समावेश गर्ने हो भने यसले वार्षिक २९ अर्ब किलोवाट –घण्टा खपत गर्न सक्छ । यो भनेको केन्या, ग्वाटेमाला र क्रोएसिया जस्ता सबै देशहरूको वार्षिक बिजुली खपत भन्दा बढी हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप