परराष्ट्रमन्त्री श्रेष्ठलाई भारत र चीनका विदेश मन्त्रीले दिए एकसाथ बधाई
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन र भारतका विदेश मन्त्रीहरूले बधाई सन्देश पठाएका छन् । उनीहरुले नेपालस्थित आ–आफ्नो राजदूतावासमार्फत सो बधाई सन्देश पठाएका हुन् ।
फागुन २३ गते उपप्रधान तथा परराष्ट्र मन्त्रीमा शपथ लिएको भोलिपल्टै नेपालस्थित भारत र चीनका राजदूतले मन्त्रालयमा गएर बधाई दिएका थिए । संयोग दुवै देशका विदेश मन्त्रीले फागुन २८ गते आ–आफ्नो राजदूतावासमार्फत बधाई सन्देश पठाएका हुन् ।
परराष्ट्र मन्त्री श्रेष्ठलाई चीनका विदेश मन्त्री वाङ यीका साथै चिनियाँ कम्युनिस्ट पार्टीले कार्यकालको शुभकामनासहित बधाई सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै, भारतका विदेश मन्त्री एस.जयशंकरले पनि बधाई सन्देश पठाएका छन् ।
दुवै विदेश मन्त्रीको बधाई सन्देश प्राप्त गरेपछि परराष्ट्र मन्त्री श्रेष्ठले धन्यवाद दिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण