सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री श्रेष्ठलाई भारत र चीनका विदेश मन्त्रीले दिए एकसाथ बधाई

बुधबार, ३० फागुन २०८०, १२ : ०६
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई चीन र भारतका विदेश मन्त्रीहरूले बधाई सन्देश पठाएका छन् । उनीहरुले नेपालस्थित आ–आफ्नो राजदूतावासमार्फत सो बधाई सन्देश पठाएका हुन् ।

फागुन २३ गते उपप्रधान तथा परराष्ट्र मन्त्रीमा शपथ लिएको भोलिपल्टै नेपालस्थित भारत र चीनका राजदूतले मन्त्रालयमा गएर बधाई दिएका थिए । संयोग दुवै देशका विदेश मन्त्रीले फागुन २८ गते आ–आफ्नो राजदूतावासमार्फत बधाई सन्देश पठाएका हुन् ।

परराष्ट्र मन्त्री श्रेष्ठलाई चीनका विदेश मन्त्री वाङ यीका साथै चिनियाँ कम्युनिस्ट पार्टीले कार्यकालको शुभकामनासहित बधाई सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै, भारतका विदेश मन्त्री एस.जयशंकरले पनि बधाई सन्देश पठाएका छन् ।

दुवै विदेश मन्त्रीको बधाई सन्देश प्राप्त गरेपछि परराष्ट्र मन्त्री श्रेष्ठले धन्यवाद दिएको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप