शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निक्षेपको नयाँ ब्याजदर घोषणा, कुन बैंकमा पैसा राख्दा फाइदा ?

बुधबार, ३० फागुन २०८०, ११ : २२
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । चैत महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घोषणा गरेका छन् । आगामी महिनाका लागि पछिल्लो महिनाको मसान्त भित्र प्रस्तावित ब्याजदर सार्वजनिक गर्नुपर्ने केन्द्रीय बैंकको व्यवस्था अनुसार २० वटै वाणिज्य बैंकहरुले बुधवार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैंकहरुद्वारा प्रस्तावित ब्याजदर अनुसार फागुनको तुलनामा चैतका लागि थप ब्याजदर घटेको छ । बैंकहरुले ओैसत ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

फागुनका लागि बैंकहरुले व्यक्तिगत निक्षेपमा औसत ७.७५ प्रतिशत ब्याजदर प्रदान गरेका थिए । तर, चैतका लागि प्रस्तावित ब्याजदर औसत ७.२५ मा झरेको हो ।

कुन बैंकको ब्याजदर कति ?

प्रस्तावित नयाँ ब्याजदर अनुसार २० वटा वाणिज्य बैङ्कहरूमध्ये एउटा मात्र बैंकले ब्याजदर बढाएको छ भने १७ वटा बैंकले ब्याजदर घटाएका छन् । तथापि, दुईवटा बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।

एनआईसी एसिया बैंकले चैतका लागि व्यक्तिगत निक्षेपमा ८.५० प्रतिशत ब्याजदर प्रदान गरेकोमा चैतका लागि ०.०४८ प्रतिशतको विन्दुले ब्याजदर बढाउदै ८.५४८ प्रतिशत पुर्याएको छ । खासगरी पछिल्लो पटक बैंक विरुद्ध भएको प्रहार निक्षेपकर्ताहरुमा केही संसय लाग्दा निक्षेप झिएको थियोे । एक महिनाको अन्तरालमा करिब २७ अर्ब रुपैयाँ झिकिएपछि पुन: निक्षेप फर्काउने दबाबमा बैंकले ब्याजदर बढाएको देखिन्छ ।

दुईवटा बैंक ग्लोबल आइएमई बैक र प्रभू बैंकले ब्याजदर स्थिर राखेका छन् । फागुनका लागि व्यक्तिगत खातामा ओैसत ७.६ प्रतिशत ब्याजदर प्रदान गरेको ग्लोबल आईएमई बैंकले र ७.५ प्रतिशत ब्याजदर प्रदान गरेको प्रभू बैंकले आगामी चैत महिनाका लागि पनि सोही ब्याजदर प्रस्ताव गरेका हुन् ।

बाकी १७ वटा बैंकहरु चैतका लागि ओैसत ५.६६ प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् । यसअघि फागुन महिनाका लागि यी बैंकहरुले ओैसत ६.४४ प्रतिशतदेखि ८.१५ प्रतिशतसम्म ब्याजदर प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप