च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान् भन्ने डर छ : स्वर्णिम वाग्ले (भिडियो सहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री बनाइदिन्छन् कि भनेर भागी हिँड्नुपरेको भन्दै कांग्रेसप्रति व्यङ्ग्य गरे ।
‘यहाँ भागी भागी हिँडिएको छ, च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, च्याप्प समातेर उपप्रधानमन्त्री बनाइदेलान् भनेर भागी भागी हिँड्नुपर्या छ । त्यस्तो डर छ’, वाग्लेको भनाइ छ ।
कांग्रेस नेताहरूलाई आफू प्रमाणबिना बोल्दिन भन्ने थाहा रहेको भन्दै वाग्लेले प्रधानमन्त्रीको प्रस्ताव आएको कुरा वाग्लेले सत्य भएको बताए । ‘कांग्रेसले गरेको (प्रधानमन्त्रीको प्रस्ताव) छैन भन्ने हो भने हामी सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्नै हिँड्ने कुरा भएन’ वाग्लेको भनाइ छ । साथै उनले चेस खेल्न बसेपछि चाल चाल्नै पर्ने र राजनीति गरेपछि राजकाज गर्नै पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
कांग्रेस लुम्बिनी प्रदेश सभापतिद्वारा बजेटको विरोध, अनधिकृत स्थलमा बजेट बनाएको आरोप
-
सात हलमा ‘अञ्जिला’ले मनायो सय दिन
-
प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण
-
ग्वार्को ओभरपास : अल्पकालीन राहत तर दीर्घकालीन समाधानका लागि सोचौँ