सातौँ विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्किए
बुधबार, ३० फागुन २०८०, १४ : ४६
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) दिएको एक सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ ।
सातौँ विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्किएका हुन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ २० बलमा दुई चौकाको मद्दतले १५ रन बनाउँदै आउट भए । उनलाई पीएनजीका बलर सेसे बउले बोल्ड गरेका हुन् । १३.५ ओभरमा आरिफ आउट हुँदा नेपालले ७६ रनमात्र बनाउन सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण