प्रधानमन्त्री अस्थिरताको पक्षमा हुनुहुन्छ : सांसद पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिएर अस्थिरता देखाएको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले प्रधानमन्त्री अस्थिर भएको बताएका हुन् । उनले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री अस्थिरताको पक्षपाती भएको बताए ।
सांसद पौडेलले गठबन्धनहरु प्रधानमन्त्रीको कारण नभई अरुको कारणले टुट्नुपर्ने भएपनि नेपालमा भने प्रधानमन्त्रीकै कारण गठबन्धनहरु टुट्ने गरेको बताए । उनले वर्तमान सत्तारुढ गठबन्धन पनि धेरै समय स्थिर नहुने बताए । उनले यस प्रकारले सरकार बन्ने र भत्किने प्रक्रियाले देशलाई स्थिरता नदिने बताए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिनुभएको छ । एक वर्षमै तीन पटक विश्वासको मत लिनुपर्ने भएपछि प्रधानमन्त्री नै स्थिर भएको देखिएन । अस्थिरताको पक्षपाती नै प्रधानमन्त्री हुनुभएको जस्तो देखिएको छ । र गठबन्धनको नेतृत्व गर्ने सन्दर्भमा प्रधानमन्त्री सफल देखिनु भएको छैन ।’
सांसद पौडेलले वर्तमान गठबन्धनको नेतृत्व इमान्दारीपूर्वक गरेर आफूलाई टिकाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण