उपेन्द्र यादवको चरित्र हत्या गर्ने गरी पम्पलेट टाँस्नेमध्ये दुईजना पक्राउ
काठमाडौँ । उपेन्द्र यादवको असली मालिक को हो यस तस्बिरले प्रस्ट पार्छ भनी धनुषालगायत विभिन्न जिल्लामा पोस्टर टाँसेर उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चरित्र हत्या गर्ने दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।
धनुषा प्रहरीका अनुसार पङ्कज झा र मनिष पूर्वे रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख मित्रबन्धु शर्माका अनुसार फागुन २६ गते राती लुकिछिपी सो पोस्टर टाँसिएपछि टाँस्ने व्यक्तिको खोजी भइरहेको थियो ।
उनीहरूलाई बुधवार राती पक्राउ गरेको छ । उनीहरू हिन्दु धर्मका अभियन्ता हुन् । उनीहरूको बारेमा थप छानबिन भइरहेको उनले बताए ।
धनुषाको लादोबेलाबाट पक्राउ परेको झा र पूर्वे राष्ट्रिय एकता अभियानको कार्यकर्ता रहेको प्रहरी स्रोतले जनाएको छ । यस कार्यमा अझै केही व्यक्ति संलग्न रहेको देखिएको छ, उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय बाहिरी शक्तिको इसारामा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको विरुद्धमा विभिन्न अनग्रल पर्चा, पम्पलेट टाँस्ने गरेको जनता समाजवादी पार्टी नेपालका नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण