बुद्ध इन्टरनेसनल अस्पतालमा तोडफोड गर्नेलाई कारबाही माग
काठमाडौँ । गत फागुन ३० गते दाङ घोराहीस्थित बुद्ध इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर अस्पताल परिसर भित्र हुल हुज्जत गर्दै, अस्पतालमा तोडफोड गरी क्षति पुर्याएको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता आपराधिक कार्य गरेकोप्रति यस संघले घोर भर्त्सना गरेको हो ।
उपचारको क्रममा ९ वर्षीय बालकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै उपचारको दौरानमा कुनै त्रुटि भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जाने व्यवस्था भएको संघले जनाएको हो । ‘स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतङ्कित पार्ने गरी घटाइएको अस्वाभाविक घटनाका सम्बन्धमा नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम दोषीमाथि कानुनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन यस संघ जोडदार माग गर्दछ,’ महासचिव सञ्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यदि चिकित्सकीय उपचारमा त्रुटि भएको महसुस भएमा नेपाल मेडिकल काउन्सिल मार्फत अनुसन्धान गर्न गराउन विज्ञप्तिमा अनुरोध समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण