कार दुर्घटनामा श्रीलङ्काका पूर्वकप्तान घाइते, अस्पताल भर्ना
कोलम्बो । कार दुर्घटनामा परेपछि श्रीलङ्काली क्रिकेट टोलीका पूर्वकप्तान लाहिरु थिरिमानेलाई अस्पताल भर्ना गरिएको छ । उनी यात्रा गरिरहेको कार श्रीलङ्काको उत्तरी सहर अनुराधापुरामा बिहीबार गम्भीर दुर्घटनामा परेको थियो ।
ईएसपीएन क्रिकइन्फोका अनुसार थिरुमानेको अवस्थाबारे विस्तृत जानकारी नआए पनि अनुराधापुरा शिक्षक अस्पतालमा उनको उपचार भइरहेको र अवस्था स्थिर रहेको बताइएको छ । कारमा सवार अर्का एक यात्रुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
धार्मिक यात्रामा रहेका बेला थिरिमानेको कार दुर्घटना परेको समाचारमा उल्लेख छ । कार विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किन पुगेको थियो ।
सन् २०१० मा श्रीलङ्काका लागि अन्तर्राष्ट्रिय डेब्यू गरेका थिरिमानेले ४४ टेस्ट, १२७ एकदिवसीय र २६ टी–२० खेलेका छन् । उनी तीनवटा टी–२० विश्वकपमा टोलीका सदस्य थिए । उनी सन् २०१४ को विश्वकप विजेता टोलीमा रहेका थिए । उनले दुईवटा एकदिवसीय विश्वकप पनि खेलेका थिए ।
थिरिमानेले अन्तिम पटक सन् २०२२ को मार्चमा श्रीलङ्काका लागि खेलेका थिए । उनले सन् २०२३ को जुलाईमा संन्यासको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण