सीटीईभीटीका उपाध्यक्ष र सदस्य–सचिवलाई कार्यकक्ष प्रवेशमा रोक
काठमाडौँ । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष, सदस्य–सचिवलगायतलाई कर्मचारीहरूले कार्यकक्ष प्रवेशमा अवरोध गरेका छन् । आन्दोलनरत कर्मचारीहरूले उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारी, सदस्य–सचिव महेश भट्टराई, प्रशासन महाशाखाका निर्देशक नवराज कोइरालालाई कार्यकक्ष प्रवेशमा रोक लगाएका हुन् ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन सीटीईभीटीको अगुवाइमा लामो समयदेखि कर्मचारीहरू आन्दोलनरत छन् । उनीहरू विभिन्न माग राखेर धर्ना बस्न थालेको पनि ५० दिन पुरा भएको छ । लामो समय आन्दोलनमा रहे पनि आफूहरूको माग सीटीईभीटी नेतृत्वले नसुनेपछि बिहीबारदेखि कार्यकक्ष प्रवेशमा अवरोध गर्न थालिएको सङ्गठनका सचिव रामकृष्ण पराजुलीले बताए ।
सङ्गठनले गत फागुन २७ गते विज्ञप्ति जारी गर्दै चैत १ गतेसम्म पनि माग पूरा नभए उपाध्यक्ष, सदस्य–सचिवलगायतलाई कार्यकक्ष प्रवेशमा अवरोध गर्ने जनाएको थियो । सोहीअनुसार बिहीबारदेखि कार्यकक्ष प्रवेशमा अवरोध गरिएको सङ्गठनका सचिव पराजुलीले बताए ।
विभिन्न पाँच बुँदे माग राख्दै माघ १० गतेदेखि आन्दोलित कर्मचारीहरूले ५० दिनदेखि धर्ना बस्दै आएका छन् । आन्दोलनरत कर्मचारीहरूले नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिनुपर्नेसहित सङ्गठनले पदपूर्तिको विज्ञापन गर्नुपर्ने, लामो समयसम्म परीक्षा शाखामा कार्यरत कर्मचारीलाई सरुवा गर्नुपर्ने, सेवा करार तथा ज्यालादारी कर्मचारीहरूलाई आर्थिक श्रोतको व्यवस्थापन गरी हालसम्मको महँगी भत्ता बापतको रकम उपलब्ध गराउनु पर्ने, सङ्गठनसँग गएको १८ जेठको सहमति कार्यान्वयन गर्नुपर्ने माग अघि सारेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन सीटीईभिटीले यसअघि व्यवस्थापन समितिसँग भएका सहमति र सम्झौता तथा उच्च अदालत पाटनले गएको भदौ २७ गते जारी गरेको आदेशअनुसार माघ १० गते भित्र पदपूर्ति नभएपछि आन्दोलन गर्नु परेको स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण