तीन दिन मात्रै चलेको लुम्बिनीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्य लागि प्रदेश प्रमुखलाई पत्राचार गरेको छ । तीन दिन मात्रै चलेको तेस्रो अधिवेशन अन्त्य गर्ने अवस्थामा प्रदेश सरकार पुगेको हो ।
राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनी प्रदेश सरकारले अधिवेशन अन्त्य गर्नको लागि प्रदेश प्रमुखलाई पत्राचार गरेको छ । सभाको अर्को बैठक यही चैत ४ गतेलाई बोलाइएको थियो ।
सदनलाई बिजनेस दिन नसक्दा सरकारले अधिवेशन अन्त्य गर्ने अवस्थामा पुगेको गृहमन्त्री सन्तोष पाण्डेले रातोपाटीलाई बताए । उनले अहिले अन्त्य गरे पनि बदलिँदो समीकरणले विश्वासको मत लिनुपर्ने भए फेरि अधिवेशन आह्वान हुने खुलाए ।
यता प्रदेश प्रमुखको कार्यालय नयाँ पत्रको पर्खाइमा छ। फागुन ३० गते लेखिएको पत्र चैत १ गते प्राप्त भएकाले चैत १ कै मितिको पत्र पठाउने गरी प्रदेश प्रमुखको कार्यालयले पत्र फिर्ता पठाएको छ। प्रदेश प्रमुख कार्यालय प्रवक्ता भूमिश्वर ढकालले पत्र आज आएको तर अझैसम्म कुनै कारबाही नभएको रातोपाटीलाई बताए । उनले संविधान अनुसार कारबाहीको प्रक्रियामा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?