पोखरालाई ४ गते पर्यटनको राजधानी घोषणा गरिने
पोखरा । पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नेछन् ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्नेछन् । राजधानी घोषणा गर्नका लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरू, रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, फेदीखोला र मोदी गाउँपालिका तथा शुक्लागण्डकी र कुश्मा नगरपालिकााका मेयर र अध्यक्ष, कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, पोखरा पर्यटन परिषद्, नेपाल पत्रकार महासङ्घ गण्डकी र कास्की, पोखरा उद्योग वाणिज्य सङ्घ, लेखनाथ उद्योग वाणिज्य सङ्घ, होटेल सङ्घ पोखरा, नेपाल पर्यटन बोर्ड, महानगरका सबै वडाअध्यक्ष, पर्यटकीय सङ्घ संस्थाका प्रमुख, कास्कीस्थित सबै सङ्घसंस्थाहरू सदस्य छन् ।
घोषणाअघि लेकसाइडस्थित बसुन्धरा पार्कबाट सांस्कृतिक झाँकीसहितको र्याली निकालिने छ । कार्यक्रममा सहभागिताका लागि चीन र भारतसहित विभिन्न देशका राजदूतहरुलाई पनि निमन्त्रणा गरिएको छ । पर्यटन सचिव कुमानसिंह गुरुङले सबैलाई निमन्त्रणा गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण