साधना थिएटरमा डान्स फिवरको 'रिफन्ड'
शुक्रबार, ०२ चैत २०८०, १० : ४५
काठमाडौँ । ओस्कार इन्टरनेशनल कलेजको साधना थिएटरमा नाटक 'रिफन्ड' प्रदर्शन भइरहेको छ । डान्स फिवरको प्रस्तुति 'रिफन्ड' गत फागुन २७ गते देखि प्रदर्शन भइरहेको हो ।
नाटक दैनिक ३ देखि ५ सोमा देखाइएको छ । नाटक देखाइने अन्तिम दिन आगामी आइतबारसम्म रहेको डान्स फिवरकी प्रबन्ध निर्देशक निस्मा घिमिरेले जानकारी दिइन् । ११ कक्षाको अनिवार्य अङ्ग्रेजी विषयमा रहेको नाटक हुँदा ११ कक्षा पढ्ने विद्यार्थीहरूले विशेष रूपमा यो नाटक हेर्न प्रबन्ध निर्देशक घिमिरेले आव्हान गरेकी छिन् ।
नाटकमा निजी विद्यालयको बेतिथि र शैक्षिक बेरोजगारको कथा समेटिएको छ । संगम विष्टले उत्पादन गरेको नाटकमा जीवन बस्नेत, विशाल रिजाल, निक्रित श्रेष्ठ, योगेन्द्र राना, इशा सिजाली, झलनाथ खत्री, युदिप सिटौला र अमृत घिमिरेको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण