बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

देश एउटा गोलचक्करमा फसेको छ : विप्लव

शुक्रबार, ०२ चैत २०८०, १२ : २५
शुक्रबार, ०२ चैत २०८०

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिष्ट भनेको श्रमसँग जोडिने उत्पादक शक्ति भएको बताएका छन् । त्यसकारण कम्युनिष्टले‌ श्रमलाई बुझ्न सक्नुपर्ने धारणा उनको छ । जुम्ला र कालिकोटमा स्याउ खेती सुरु गरेर सुर्खेत फर्किएका उनले श्रमलाई मध्यनजर गरेर आफ्नो पार्टीले आर्थिक क्रान्तिको‌ सुरुवात गरेको बताए। 

शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै उनले अबको तीन वर्षमा आफ्नो पार्टीलाई आन्तरिक जीवनमा आत्मनिर्भर मात्र नभई  चन्दा मुक्त गर्ने लक्ष्य रहेको पनि बताए। सोही अनुसार अहिले कृषि अभियानहरु चलिरहेको उनले बताए । उनका अनुसार अहिले ८ वटा फर्महरु ठुलो स्केलमा चलेका छन् भने २८ बिघामा कृषिका कामहरु भइरहेका छन् । साथै स–साना बिघाहरुमा त जिल्ला जिल्लामा कृषि खेतीका कामहरु भइरहेको उनले बताए।

जुम्ला र कालिकोट पुग्दा जनयुद्धको जस्तै जनताको साथ रहेको पनि उनले बताए।‌ साथै उनले नेपालको अर्थतन्त्र समाजवादी हुनुपर्ने धारणा राखे ‌। ‘एक जनाले माग्ने, अरुले हात थापेर खाने अर्थतन्त्रले कहीँ पुगिदैन,’ उनले भने, ‘त्यस कारण पैसालाई जनतातर्फ फर्काउनुपर्छ।’

राजनैतिक विषयमा कुरा राख्दै यो व्यवस्था एउटा गोलचक्करमा फसेको उनको भनाई थियो ‌। ‘बर्षैपिच्छे सरकार फेरबदल भइरहने हो भने देशले निकास पाउँदैन,’ उनले भने, ‘नेपाललाई अहिलेको सत्ता प्रणालीबाट अगाडी नबढाएसम्म स्थिरता आउँदैन ।’ यो विषयमा समाजवादी मोर्चाहरुको धारणा पनि एक‌ रहेको विप्लवको भनाइ छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप