सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएकी एआईजीको सरुवा
काठमाडौँ । सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की प्रमुख एआईजी किरण बज्राचार्यको सरुवा भएको छ । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले उनको सरुवा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बज्राचार्यको प्रहरी प्रधान कार्यालयको कार्यालय कार्य विभागमा सरुवा गरिएको जानकारी दिइन् ।
यस्तै उनको ठाउँमा प्रधान कार्यालयको कार्यविभागबाट श्यामलाल ज्ञवाली पठाउने निर्णय भएको शर्माले जानकारी दिइन् ।
बैठकले सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन गम्भीर रूपमा अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
अनुसन्धानमा त्रुटि गरेको भन्दै आयोगले सीआईबीका बज्राचार्यसहित चार जना अधिकृतलाई विभागीय कारबाही सिफारिस गरेको हो भने सुन तस्करीसँग जोडिएका अन्य ७ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण