बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नाचघरमा शुक्रबारबाट जापानी फिल्म फेस्टिभल सुरु

शुक्रबार, ०२ चैत २०८०, २० : ५६
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । जापानी फिल्म फेस्टिभल २०२४ काठमाडौँमा सुरु भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबारबाट सुरु भएको फेस्टिभल शनिबारसम्म चल्नेछ ।

जाल्टान र लानसँगको सहकार्यमा जापान फाउण्डेसन र जापानी दूतावासले आयोजना गरेको फेस्टिभलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन भूमिका खेल्ने दूतावासको सांस्कृतिक विभागकी सचिव सातो मायाकु बताउँछिन् ।

फेस्टिभलमा शुक्रबार केन्जी उचिदा निर्देशित १२५ मिनेट लामो कमेडी फिल्म ‘की अफ लाइफ’ र ‘स्कुप हन्टर’ प्रदर्शन भयो । फिल्म ‘स्कुप हन्टर’ले एक पत्रकारको कथा भन्छ । शनिबार भने यासुकी साकाकीबारा निर्देशित फिल्म ‘सियोरी’, ताकेसी वातानावे निर्देशित फिल्म ‘नेको निन्जा’ र ‘कामोमी डिनर’ प्रदर्शन हुनेछ ।

फेस्टिभल नाचघरपछि पानीपोखरीस्थित दूतावासको हलमा मार्च २० र २१ मा आयोजना हुनेछ । चित्रकला लगायतका प्रस्तुति पनि राखिएको शनिबार जापानी डे समेत मनाइने कार्यक्रम रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप