नाचघरमा शुक्रबारबाट जापानी फिल्म फेस्टिभल सुरु
काठमाडौँ । जापानी फिल्म फेस्टिभल २०२४ काठमाडौँमा सुरु भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबारबाट सुरु भएको फेस्टिभल शनिबारसम्म चल्नेछ ।
जाल्टान र लानसँगको सहकार्यमा जापान फाउण्डेसन र जापानी दूतावासले आयोजना गरेको फेस्टिभलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन भूमिका खेल्ने दूतावासको सांस्कृतिक विभागकी सचिव सातो मायाकु बताउँछिन् ।
फेस्टिभलमा शुक्रबार केन्जी उचिदा निर्देशित १२५ मिनेट लामो कमेडी फिल्म ‘की अफ लाइफ’ र ‘स्कुप हन्टर’ प्रदर्शन भयो । फिल्म ‘स्कुप हन्टर’ले एक पत्रकारको कथा भन्छ । शनिबार भने यासुकी साकाकीबारा निर्देशित फिल्म ‘सियोरी’, ताकेसी वातानावे निर्देशित फिल्म ‘नेको निन्जा’ र ‘कामोमी डिनर’ प्रदर्शन हुनेछ ।
फेस्टिभल नाचघरपछि पानीपोखरीस्थित दूतावासको हलमा मार्च २० र २१ मा आयोजना हुनेछ । चित्रकला लगायतका प्रस्तुति पनि राखिएको शनिबार जापानी डे समेत मनाइने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण