कविता
बरु आँखो त ठिकसँग देख्थेँ
शनिबार, ०३ चैत २०८०, १० : ३९
काम छैन लठुवाहरूको
ट्वाकमा ट्वाक चढाउँदै
बसेका छन् दिनरात
को चालक बन्ने
को खलासी बन्ने
को कन्डक्टर बन्ने
यसैको खेतीपातीमा
नै रमाएका छन्
गाली पनि कति गर्नु , प्रभु
यी पिण्ड खाने बाहुनहरूलाई
बरु हट्टाकट्टा नै बाहुन
ल्याएर चालक राख्नु नि
बरु आँखो त ठिक सँग देख्थेँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण