माछा मार्ने क्रममा ललितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौँ । ललितपुर महानगरपालिका-२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका सल्यान कपुरकोट गाउँपालिका-४ घर भएका ४६ वर्षीय चन्द बहादुर एरीको शुक्रबार दिउँसो पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलास्थित टुण्डी हाईड्रोपावरद्धारा संचालित साउथ एसियन कन्ट्रक्सनमा काम गर्ने नुवाकोट घर भएका ३१ वर्षीय भिम बहादुर मगरको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । हाईड्रो पावरको सुरूङभित्र विद्युत सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ बस्ने ३६ वर्षीय धनराज सलामीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै सहदोर दाइ रेसम सलामीको घरको ढलान गर्ने क्रममा ढलानमा प्रयोग हुने भाईभरेट मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण