सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

आइतबार, ०४ चैत २०८०, ११ : ५८
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनपछि आइतबारको बैठक शोक प्रस्ताव पारित गरेर सोमबार ११ बजे बस्नेगरी स्थगित भएको हो । 

जसपा सांसद शर्मा अन्सारीको उपचारको क्रममा आइतबार बिहान मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको थियो ।  २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य चयन भएकी थिइन् । 

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा अन्सारी सांसद बनेकी थिइन् ।

shok

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप