शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित
आइतबार, ०४ चैत २०८०, ११ : ५८
काठमाडौँ । प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनपछि आइतबारको बैठक शोक प्रस्ताव पारित गरेर सोमबार ११ बजे बस्नेगरी स्थगित भएको हो ।
जसपा सांसद शर्मा अन्सारीको उपचारको क्रममा आइतबार बिहान मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको थियो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य चयन भएकी थिइन् ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा अन्सारी सांसद बनेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण