अमेरिकाका लागि जासुसी उपग्रहको नेटवर्क बनाउँदै छ मस्कको कम्पनी
वासिङ्टन डीसी । अमेरिकाका खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका लागि जासुसी उपग्रहहरूको नेटवर्क बनाइरहेको छ । गोप्य जानकारीका अनुसार मस्कको कम्पनी स्पेसएक्सले अमेरिकाको गुप्तचर एजेन्सी युएस नेशनल रिकोनिसेन्स अफिससँगको सहकार्यमा यो परियोजनामा काम गरिरहेको छ ।
यो परियोजनाको लागत १ अर्ब ८० करोड डलर रहेको छ । यसअन्तर्गत स्पेशएक्सले जासुस गर्ने कयौँ भू–उपग्रहहरूलाई अन्तरिक्षमा पठाउने छ । यी भू–उपग्रहरूको सहयोगले विश्वका हरेक कुनाको निगरानी गरिने बताइएको छ ।
स्पेसएक्स र एनआरओबीच सन् २०२१ मा यो सम्झौतामा हस्ताक्षर भएको थियो । एनआरओ एजेन्सीले अमेरिकाका विभिन्न स्याटलाइट सञ्चालन गर्छ । एनआरओ र स्पेसएक्स बीचको सम्झौता सफल भयो भने यसले अमेरिकी सेनाको निगरानी क्षमता धेरै गुणा बढाउनेछ र अमेरिकाले सजिलैसँग सम्पूर्ण विश्वमा गुप्तचर नजर राख्न सक्षम हुने भन्दै विश्लेषणहरू आइरहेका छन् । फेब्रुअरीमा पनि मिडिया रिपोर्टमा यो सम्झौताको खबर छापिएको थियो । तर त्यतिबेला यो १ अर्ब ८ करोड डलरको ठुलो सम्झौता कुन कम्पनीले गरेको थियो भन्ने थाहा थिएन ।
मिडिया रिपोर्टका अनुसार स्पेसएक्सले सम्झौता अन्तर्गत सयौँ उपग्रह आकाशमा प्रक्षेपण गर्नेछ । यी उपग्रहहरूलाई पृथ्वीको तल्लो कक्षमा स्थापना गरी विश्वको हरेक कुनामा नजर राखिनेछ । यद्यपि आयोजना कहिले सम्पन्न हुन्छ भन्ने बारे कुनै जानकारी दिइएको छैन । स्पेसएक्स संसारको सबैभन्दा ठुलो स्याटेलाइट अपरेटर कम्पनी हो। तर, हालसम्म स्पेसएक्स वा एनआरओ कार्यालयले यस परियोजनाका बारेमा कुनै बयान दिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण