जनमतले पहिचानसहितको प्रदेश सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने
वीरगन्ज । जनमत पार्टीले पहिचानसहितको प्रदेश सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको छ ।
पर्साको वीरगन्जमा २ दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनको मर्म अनुसार पहिचानसहितको प्रदेश सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको पार्टी अध्यक्ष डा. सीके राउते बताए ।
यस्तै बैठकले आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । यस्तै २०८० जेठ १५ गते काठमाडौँमा हुने आमसभालाई सम्पन्न गर्न आवश्यक तयारी गर्ने निर्णय गरेका अध्यक्ष राउतले बताए ।
राउतका अनुसार किसानहरूलाई समयमै मलखाद र बिउँ उपलब्ध गराउन सरकारलाई दबाब दिने निर्णय भएको छ ।
यस्तै मधेस–थरुहट आन्दोलनको मर्मअनुसार लुम्बिनी प्रदेशको सीमाङ्कन तथा नामाङ्कन परिवर्तन गराउनका लागि नेतृत्व लिने निर्णय गरेको अध्यक्ष राउतले बताए ।
बैठकले सदस्यता वितरण अभियान चलाउने, बाँकी प्रदेशमा पार्टी विस्तार गर्ने, भातृ संगठनहरु विस्तारमा जोड दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण