बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

जनमतले पहिचानसहितको प्रदेश सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने

आइतबार, ०४ चैत २०८०, २० : २९
आइतबार, ०४ चैत २०८०

वीरगन्ज । जनमत पार्टीले पहिचानसहितको प्रदेश सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको छ । 

पर्साको वीरगन्जमा २ दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनको मर्म अनुसार पहिचानसहितको प्रदेश सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको पार्टी अध्यक्ष डा. सीके राउते बताए ।  

यस्तै बैठकले आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । यस्तै २०८० जेठ १५ गते काठमाडौँमा हुने आमसभालाई सम्पन्न गर्न आवश्यक तयारी गर्ने निर्णय गरेका अध्यक्ष राउतले बताए ।

राउतका अनुसार किसानहरूलाई समयमै मलखाद र बिउँ उपलब्ध गराउन सरकारलाई दबाब दिने निर्णय भएको छ । 

यस्तै मधेस–थरुहट आन्दोलनको मर्मअनुसार लुम्बिनी प्रदेशको सीमाङ्कन तथा नामाङ्कन परिवर्तन गराउनका लागि नेतृत्व लिने निर्णय गरेको अध्यक्ष राउतले बताए । 

बैठकले सदस्यता वितरण अभियान चलाउने, बाँकी प्रदेशमा पार्टी विस्तार गर्ने, भातृ संगठनहरु विस्तारमा जोड दिने निर्णय गरेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप