माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
आइतबार, ०४ चैत २०८०, २१ : ३४

अर्घाखाँची । सीतापुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ । माटोमा पुरिएर एकजना गम्भीर घाइते भएका छन् ।
शीतगङ्गा नगरपालिका–२ सीतापुरको सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर स्थानीय अन्दाजी ४० वर्षीय शारदा अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्तिमगरले बताए ।
गम्भीर घाइते भएकी राधा अधिकारीलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?