सात गोलको थ्रिलरमा लिभरपुललाई हराउँदै युनाइटेड सेमिफाइनलमा

ओल्ड ट्राफोर्ड । चिर प्रतिद्वन्द्वी लिभरपुलमाथि रोमाञ्चक जीत हासिल गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सात गोलको थ्रिलरमा युनाइटेड ४–३ गोलले विजयी बन्यो ।
जीतसँगै युनाइटेडले यो सिजन उपाधि जित्ने सम्भावना कायम राखेको छ । उता लिभरपुलको चारको उपाधि जित्ने सम्भावना समाप्त भएको छ ।
खेलको १० औँ मिनेटमा स्कट म्याकटोमिनीले युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै लिभरपुलले खेलमा अग्रता लियो । एलेक्सिस म्याक एलिस्टर र मोहमद शालाहले एक–एक गोल गरे ।
लिभरपुल जीततर्फ अघि बढिरहँदा ८७ औँ मिनेटमा एन्टोनीले खेल बराबरी गरेका थिए । खेलको अन्त्यमा मार्कस रासफोर्ड निर्णायक गोल गर्नबाट चुकेका थिए । निर्धारित समयमा निर्णय नभएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो । १०५ औँ मिनेटमा हार्भे एलियटले पुनः लिभरपुललाई अग्रता दिलाए ।
तर, ११२ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै खेल बराबरी गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा अमाद डियालोले विजयी गोल गर्दै टोलीलाई सेमिफाइनलमा प्रवेश गराए । लगत्तै, गोलको खुसीयाली मनाउँदा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य पनि बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा प्रदर्शनलाई लक्षित गर्दै निषेधित क्षेत्रमा सुरक्षा कडाइ
-
‘विषादीमुक्त कर्णाली’ अभियान गफैमा सीमित
-
बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु
-
गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
-
हेमन्त कान्छा रसाइली र देवी घर्तीले ल्याए ‘जानै लाग्यो बैँस रिमई’