सात गोलको थ्रिलरमा लिभरपुललाई हराउँदै युनाइटेड सेमिफाइनलमा
ओल्ड ट्राफोर्ड । चिर प्रतिद्वन्द्वी लिभरपुलमाथि रोमाञ्चक जीत हासिल गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सात गोलको थ्रिलरमा युनाइटेड ४–३ गोलले विजयी बन्यो ।
जीतसँगै युनाइटेडले यो सिजन उपाधि जित्ने सम्भावना कायम राखेको छ । उता लिभरपुलको चारको उपाधि जित्ने सम्भावना समाप्त भएको छ ।
खेलको १० औँ मिनेटमा स्कट म्याकटोमिनीले युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै लिभरपुलले खेलमा अग्रता लियो । एलेक्सिस म्याक एलिस्टर र मोहमद शालाहले एक–एक गोल गरे ।
लिभरपुल जीततर्फ अघि बढिरहँदा ८७ औँ मिनेटमा एन्टोनीले खेल बराबरी गरेका थिए । खेलको अन्त्यमा मार्कस रासफोर्ड निर्णायक गोल गर्नबाट चुकेका थिए । निर्धारित समयमा निर्णय नभएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो । १०५ औँ मिनेटमा हार्भे एलियटले पुनः लिभरपुललाई अग्रता दिलाए ।
तर, ११२ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै खेल बराबरी गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा अमाद डियालोले विजयी गोल गर्दै टोलीलाई सेमिफाइनलमा प्रवेश गराए । लगत्तै, गोलको खुसीयाली मनाउँदा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य पनि बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण