उत्तर कोरियाद्वारा जापान नजिक मिसाइल प्रहार
टोकियो । उत्तर कोरियाले जापान नजिक मिसाइल हानेको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास सकिएको एक दिनपछि उत्तर कोयिाले आफनो पूर्वी समुन्द्रतर्फ छोटो दुरीका कयौँ क्षेप्यात्र पहार गरेको थियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले संसद्को बैठकमा उत्तर कोरियाले कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री क्षेत्रमा ती मिसाइहरू प्रहार गरेको बताएका थिए ।
‘यी क्षेप्यात्रहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेका छन् । तर यसबाट कुनै क्षतिको खबर भने आएको छैन’ किशिदाले भनेका छन् । उत्तर कोरियाको यो कदम जापानको शान्ति सुरक्षाका लागि चेतावनी भएको उनको भनाइ छ । ‘यो कार्य यस क्षेत्र र अन्तराष्ट्रिय जगत दुवैका लागि खतरा हो । उत्तर कोरियाले मिसाइल प्रहार गरेर संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गरेको छ’ किशिदाले भनेका छन् ।
सुरक्षा परिषद्ले उत्तर कोरियाको मिसाइल गतिविधिमा प्रतिबन्ध लगाएको थियो । दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले केही छोटो दुरीका क्षेप्यास्त्र फेला पारेको बताएको थियो । दक्षिण कोरिया र अमेरिकाबिच ११ दिनसम्म कम्प्युटर सिमुलेटेड कमाण्डर पोस्ट तालिम भएको थियो । यी अभ्यासको क्रममा ४८ वटा स्थलगत अभ्यास भएका थिए । यो गत वर्षको तुलनामा दोब्बर बढी थियो । दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यासले उत्तर कोरिया चिढिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण