बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सरकार आफैँले बाँसबारी जुत्ता कारखानासहितका उद्योग निजीकरण गराएको हो : सांसद चौधरी

सोमबार, ०५ चैत २०८०, १७ : ३५
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । व्यवसायी एवम् प्रतिनिधिसभाका सांसद विनोद चौधरीले सरकार आफैले बाँसबारी जुत्ता कारखानासहित तीन वटा महत्त्वपूर्ण उद्योगहरू निजीकरण गराएको खुलासा गराएका छन् । सोमबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) को छलफलमा बोल्दै सांसद चौधरीले तत्कालीन बाँसबारी जुत्ता कारखाना, भृकुटी कारखाना र भक्तपुरस्थित हरिसिद्धी टायल कारखाना निजीकरण गर्ने निर्णय गरेको खुलासा गरे । 

प्रजातन्त्रको पुनर्बहाली पछि २०४८ सालमा नेपाल सरकारले खुल्ला बजार, अर्थतन्त्र, निजी क्षेत्र र आर्थिक उदारीकरणमा जाने आर्थिक नीति अवलम्बन गरेपछि राज्यको स्वामित्वमा रहेका उद्योगहरूलाई निजीकरण गरिएको उनको भनाइ छ । 

तत्कालीन समयमा आर्थिक भार थेग्न नसकेर सरकारी संस्थान तथा उद्योगहरू डुब्ने स्थिति बनेपछि सरकार आफैँले निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्न दिनेगरी निजीकरण गर्ने निर्णय गरेको उनको भनाइ छ । जसअन्तर्गत पहिलो चरणमा बाँसबारी जुत्ता कारखानासहित तीनवटा उद्योग निजीकरण भएको सांसद चौधरीको भनाइ छ । कानुन बमोजिम नै टेन्डर गरेर निजी क्षेत्रलाई सुम्पिएको उद्योगहरू पनि अहिले राजनीतिकरण गरिएको भन्दै सांसद चौधरीले दुःख व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप