सरकार आफैँले बाँसबारी जुत्ता कारखानासहितका उद्योग निजीकरण गराएको हो : सांसद चौधरी
काठमाडौँ । व्यवसायी एवम् प्रतिनिधिसभाका सांसद विनोद चौधरीले सरकार आफैले बाँसबारी जुत्ता कारखानासहित तीन वटा महत्त्वपूर्ण उद्योगहरू निजीकरण गराएको खुलासा गराएका छन् । सोमबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) को छलफलमा बोल्दै सांसद चौधरीले तत्कालीन बाँसबारी जुत्ता कारखाना, भृकुटी कारखाना र भक्तपुरस्थित हरिसिद्धी टायल कारखाना निजीकरण गर्ने निर्णय गरेको खुलासा गरे ।
प्रजातन्त्रको पुनर्बहाली पछि २०४८ सालमा नेपाल सरकारले खुल्ला बजार, अर्थतन्त्र, निजी क्षेत्र र आर्थिक उदारीकरणमा जाने आर्थिक नीति अवलम्बन गरेपछि राज्यको स्वामित्वमा रहेका उद्योगहरूलाई निजीकरण गरिएको उनको भनाइ छ ।
तत्कालीन समयमा आर्थिक भार थेग्न नसकेर सरकारी संस्थान तथा उद्योगहरू डुब्ने स्थिति बनेपछि सरकार आफैँले निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्न दिनेगरी निजीकरण गर्ने निर्णय गरेको उनको भनाइ छ । जसअन्तर्गत पहिलो चरणमा बाँसबारी जुत्ता कारखानासहित तीनवटा उद्योग निजीकरण भएको सांसद चौधरीको भनाइ छ । कानुन बमोजिम नै टेन्डर गरेर निजी क्षेत्रलाई सुम्पिएको उद्योगहरू पनि अहिले राजनीतिकरण गरिएको भन्दै सांसद चौधरीले दुःख व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण