स्वतन्त्र सांसद जोशीलाई मन्त्री बन्न मुख्यमन्त्री शाहको प्रस्ताव
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार धनगढी आयोजित एक सार्वजनिक कार्यक्रममै स्वतन्त्र सांसद डा.तारा जोशीलाई मन्त्री बन्न प्रस्ताव गरेका छन् ।
क्याप्टेन वेद उप्रेतीद्वारा लिखित ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमोचन कार्यक्रममा मुख्यमन्त्री शाहले सो प्रस्ताव गरेका हुन् ।
लेखकले सो पुस्तकमार्फत सुदूरपश्चिमलाई समृद्ध र प्रगतिशील क्षेत्रका रूपमा विकास गर्न सकिन्छ भन्ने विश्वासलाई फोटोग्राफी विवरणका रूपमा चित्रण गरेका छन् । पुस्तकको सो भावमाथि स्वतन्त्र सांसद जोशीले मन्तव्य राखेका थिए ।
त्यसपछि पुस्तकको चर्चा गर्दै मुख्यमन्त्री शाहले आफूहरूको परिकल्पना नै समृद्ध र सुसम्पन्न सुदूरपश्चिम रहेको बताएका थिए । जसलाई साकार पार्न आफूलाई साथ सहयोग चाहिएको मुख्यमन्त्री शाहको भनाइ थियो ।
मुख्यमन्त्री शाहले भने, ‘मेरो आग्रह छ डा.तारा जोशी सरलाई, आउनुहोस् सँगै जाऔँ, एउटै क्याबिनेटमा आउनुहोस् । तपाईंको विद्वता हामीलाई चाहिएको छ । तपाईंको साथ हामीलाई चाहिएको छ । यस्ता यस्ता व्यक्तिको साथ र सहयोगमा हामी अगाडि बढ्न चाहन्छौँ ।’
मुख्यमन्त्री शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा रहेको छ । शाह नेतृत्वको सरकारलाई सुविधाजनक बहुमतका लागि २ सिटको कमी छ । सरकारका लागि स्वतन्त्र सांसद डा.तारा जोशी र राप्रपाकी सांसद खिमादेवी विष्टको समर्थन आवश्यक छ ।
बहुमतको प्रदेश सरकार गठनका लागि २७ जनाको आवश्यक पर्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाको निधन भएपछि हाल ५२ जना सदस्य रहेका छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण