शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

साथीको हत्या गरेर फरार तिखे २१ वर्षपछि पक्राउ

मङ्गलबार, ०६ चैत २०८०, १२ : ५४
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । आफ्नै साथीको हत्या गरी फरार रहेका एक जना २१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान–४ निवासी ४१ वर्षीय तिखे भन्ने तेजबहादुर राई रहेका छन् ।

राईले २०५९ साल असोज १४ गते काठमाडौँको मरुढोका इनाटोलस्थित विनोद शाहीको राँगा काट्ने वधशालाभित्र २६ वर्षीय सञ्जय शाहीको हत्या गरेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार राईले शाहीको टाउको र शरीरका विभिन्न भागमा फलामको रडले प्रहार गर्दा उनको मृत्यु भएको थियो । 

मृत्यु भएपछि शाहीको शवलाई विष्णुमती खेला किनारमा फालेर उनी फरार भएका थिए । उपरीक्षक रेग्मीका अनुसार कार्यालयको टोलीले राईलाई काठमाडौँको कोटेश्वरबाट गत चैत ५ गते पक्राउ गर्न सफल भएको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौँ बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप