शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डीडीसीमा १ अर्बभन्दा बढीको दुग्धजनय पदार्थ मौज्दात

मङ्गलबार, ०६ चैत २०८०, १८ : ४१
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गत पर्ने काठमाडौँ दुग्ध वितरण आयोजनामा १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँको दुग्धजनय पदार्थ मौज्दात छ । आयोजनामा ६६ करोड १ लाख १७ हजार २५० रुपैयाँ बराबरको १ लाख १५ हजार ५६५ किलो धुलो दूध मौज्दात रहेको आयोजनाका अध्यक्ष गणेश कुमार यादवले बताए । 

यस्तै, उनका अनुसार ६९ करोड ४ लाख २९ हजार ६ सय रुपैयाँ बराबर ७ लाख ६७ हजार १४४ किलो मख्खनको मौज्दात छ । आयोजनाले काठमाडौँ उपत्यका नजिक जिल्लाबाट दैनिक ६५ देखि ७० हजार लिटर दुध सङ्कलन गरिरहेको उनले बताए । सुख्खा सिजनमा ४० हजार लिटर दुध सङ्कलन हुन्छ । 

औषतमा दैनिक ६७ देखि ७० हजार लिटर दुध बिक्री गरिरहेको उनले बताए । यस आयोजनामा १८ वटा चिलिङ सेन्टर, २०७ वटा सहकारी केन्द्र आवद्ध छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप