आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बेगनासतालमा नेपाल र चीनबिच ड्रागन बोट रेस हुने

मङ्गलबार, ०६ चैत २०८०, २० : २८
मङ्गलबार, ०६ चैत २०८०

पोखरा । बेगनासतालमा नेपाल र चीनबिच ड्रागन बोट रेस हुने भएको छ । फागु पूर्णिमाको अवसरमा यही चैत ११ र १२ गते बेगनास तालमा सो प्रतियोगिता हुने भएको हो । 

प्रतियोगिता अन्तर्गत २ विधामा प्रतिस्पर्धा हुनेछ । ५ सय मिटर र २ सय मिटर दुरीमा बोटरेस हुने होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए । 

यसवर्ष ५ सय मिटर दौडको विजेताले १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउने छ भने दोस्रोले १ लाख २० हजार पाउने छ । तेस्रो र सान्त्वना हुनेले क्रमशः ६० हजार र ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

२ सय मिटरतर्फ विजेताले १ लाख २० हजार रुपैयाँ पाउनेछ । दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ६० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउने कँडेलले बताए । प्रतियोगितामा  सहभागी हुन १० टोलीले नाम दर्ता गरेको उनले बताए ।  अझै थपिने क्रम रहेको उनको भनाइ छ । प्रत्येक टोलीमा १५ जना खेलाडी सहभागी हुनेछन् भने १२ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोटरेस प्रतियोगिताका लागि चीनले यसअघि ८ वटा विशेष ड्रागन बोट पोखरामा छोडेको छ । चीनले ती डुंगा पोखरालाई उपहारका रुपमा छोडेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप