बेगनासतालमा नेपाल र चीनबिच ड्रागन बोट रेस हुने
पोखरा । बेगनासतालमा नेपाल र चीनबिच ड्रागन बोट रेस हुने भएको छ । फागु पूर्णिमाको अवसरमा यही चैत ११ र १२ गते बेगनास तालमा सो प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता अन्तर्गत २ विधामा प्रतिस्पर्धा हुनेछ । ५ सय मिटर र २ सय मिटर दुरीमा बोटरेस हुने होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए ।
यसवर्ष ५ सय मिटर दौडको विजेताले १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउने छ भने दोस्रोले १ लाख २० हजार पाउने छ । तेस्रो र सान्त्वना हुनेले क्रमशः ६० हजार र ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
२ सय मिटरतर्फ विजेताले १ लाख २० हजार रुपैयाँ पाउनेछ । दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ६० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउने कँडेलले बताए । प्रतियोगितामा सहभागी हुन १० टोलीले नाम दर्ता गरेको उनले बताए । अझै थपिने क्रम रहेको उनको भनाइ छ । प्रत्येक टोलीमा १५ जना खेलाडी सहभागी हुनेछन् भने १२ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोटरेस प्रतियोगिताका लागि चीनले यसअघि ८ वटा विशेष ड्रागन बोट पोखरामा छोडेको छ । चीनले ती डुंगा पोखरालाई उपहारका रुपमा छोडेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण