आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गम्भीर खाद्य सङ्कटको जोखिममा गाजा

बुधबार, ०७ चैत २०८०, ०९ : ०२
बुधबार, ०७ चैत २०८०

गाजा । गाजामा गम्भीर खाद्य सङ्कटको खतरा रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । बीबीसीसँगको कुराकानीको क्रममा उनले सो क्षेत्रका २० लाख जनसङ्ख्यामाथि “गम्भीर खाद्य सङ्कट“को खतरा मडारिरहेको बताएका हुन् । इजरायल–हमास युद्ध सुरु भएयता गाजाको सम्पूर्ण जनसङ्ख्याको लागि यस्तो बयान आएको यो पहिलो पटक हो ।

गाजामा काम गर्ने संयुक्त राष्ट्रसङ्घीय निकायहरूले मे महिनासम्म युद्ध रोकिएन र आवश्यक मात्रामा राहत सामग्री गाजामा पुगेन भने गाजाले ठुलो भोकमरीको सामना गर्नुपर्ने बताएका थिए । एन्टोनी ब्लिन्केन अहिले फिलिपिन्सको भ्रमणमा छन् । आफूहरू छिट्टै मध्यपूर्वको भ्रमणमा जान लागेको अमेरिकी अधिकारीहरूले मङ्गलबार बताएका थिए ।

अक्टोबरमा हमासमाथि इजरायलले गरेको आक्रमणयता यो ब्लिन्केनको यो छैटौँ मध्यपूर्व भ्रमण हुनेछ । भ्रमणका क्रममा उनले युद्धविराम लम्ब्याउने सम्भावनाबारे छलफल गर्नेछन् । मंगलबार, कतारमा इजरायली मध्यस्थकर्ताहरूले फेरि एक पटक सम्भावित युद्धविरामबारे छलफल गर्दै छन् । उक्त छलफलमा गाजामा राहत सामग्री पुर्याउनेदेखि हमासद्वारा बन्धक बनाएका इजरायलीहरूलाई रिहा गर्नेबारे  सबै कुरा समेटिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप