गम्भीर खाद्य सङ्कटको जोखिममा गाजा
गाजा । गाजामा गम्भीर खाद्य सङ्कटको खतरा रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । बीबीसीसँगको कुराकानीको क्रममा उनले सो क्षेत्रका २० लाख जनसङ्ख्यामाथि “गम्भीर खाद्य सङ्कट“को खतरा मडारिरहेको बताएका हुन् । इजरायल–हमास युद्ध सुरु भएयता गाजाको सम्पूर्ण जनसङ्ख्याको लागि यस्तो बयान आएको यो पहिलो पटक हो ।
गाजामा काम गर्ने संयुक्त राष्ट्रसङ्घीय निकायहरूले मे महिनासम्म युद्ध रोकिएन र आवश्यक मात्रामा राहत सामग्री गाजामा पुगेन भने गाजाले ठुलो भोकमरीको सामना गर्नुपर्ने बताएका थिए । एन्टोनी ब्लिन्केन अहिले फिलिपिन्सको भ्रमणमा छन् । आफूहरू छिट्टै मध्यपूर्वको भ्रमणमा जान लागेको अमेरिकी अधिकारीहरूले मङ्गलबार बताएका थिए ।
अक्टोबरमा हमासमाथि इजरायलले गरेको आक्रमणयता यो ब्लिन्केनको यो छैटौँ मध्यपूर्व भ्रमण हुनेछ । भ्रमणका क्रममा उनले युद्धविराम लम्ब्याउने सम्भावनाबारे छलफल गर्नेछन् । मंगलबार, कतारमा इजरायली मध्यस्थकर्ताहरूले फेरि एक पटक सम्भावित युद्धविरामबारे छलफल गर्दै छन् । उक्त छलफलमा गाजामा राहत सामग्री पुर्याउनेदेखि हमासद्वारा बन्धक बनाएका इजरायलीहरूलाई रिहा गर्नेबारे सबै कुरा समेटिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण