चर्चित पाकिस्तानी क्रिकेटरले खेलका क्रममा ‘ड्रेसिङ रुम’ मै चुरोट तानेपछि विवाद
काठमाडौँ । ईस्लामाबाद युनाइटेडलाई पाकिस्तान सुपर लिग (पीएसएल) को उपाधि चुमाएलगत्तै क्रिकेटर ईमाद वसिम विवादमा परेका छन् । पाकिस्तानका अनुभवी क्रिकेटर ईमाद वसिम आफ्नै चर्तिकलाका कारण आलोचित हुन पुगेका हुन् ।
पीएसएलको फाइनलमा ईस्लामाबाद युनाइटेडले मुल्तानका सुल्तानलाई दुई विकेटले हराएको थियो । ईस्लामाबाद युनाइटेडको जितमा ईमाद वसिमले अविजित १९ रनको योगदान गरेका थिए । ईस्लामाबाद युनाइटेडले अन्तिम ओभरको अन्तिम बलमा विजय लक्ष्य पुरा गरेको थियो।
आफ्नो टोलीलाई उपाधि चुमाएलगत्तै अलराउन्डर ईमाद वसिमले ‘ड्रेसिङ रुम’ मा चुरोट तानेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । आफ्नो त्यही चर्तिकलाका कारण ३५ वर्षीय ईमाद वसिम आलोचित बनेका हुन् ।
त्यो तस्बिर उनी फाइनलमा ब्याटिङ गर्न आउनु अघिको भएको समाचारमा जनाइएको छ । ‘ड्रेसिङ रुम’ मै चुरोट तानेको विषयलाई लिएर धेरै समर्थकले सामाजिक सञ्जालमा उनको आलोचना गरेका छन् । फाइनल खेलमा ईमाद वसिम प्लेयर अफ दी म्याच पनि घोषित भएका थिए ।
ईमाद वसिमले पाकिस्तानका लागि ५५ एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल नौ सय ६८ रन बनाएका छन् । उनले देशका लागि ६६ टी–२० अन्तर्राष्ट्रियमा कुल चार सय ८६ रन बनाएका छन् । उनले एक दिवसीयमा ४४ र टी–२० अन्तर्राष्ट्रियमा ६५ विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदी, पहाड र मौनता : बैतडीको यात्रा
-
गैरकानुनी ढंगले जुत्ता चप्पल व्यापार नगर्न विभागको आग्रह
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण