डीडीसीले सिंहदरबारमा स्थापना गर्यो सहुलियत बिक्री केन्द्र
काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले सिंहदरबार परिसरमा सहुलियत बिक्री केन्द्रको स्थापना गरेको छ । बुधबार सिंहदरबार परिसरमा नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गरेका हुन् ।
अर्यालले डीडीसीलाई दुग्धजन्य पदार्थ बिक्रीमा समस्या भएको समयमा सिंहदरबार परिसरमा बिक्री केन्द्र बनाउनु उपयुक्त रहेको बताए । उनले सिंहदरबारमा बिक्री केन्द्र स्थापना गर्ने बित्तिकै दुग्धजन्य पदार्थमा छुट दिन आवश्यक नरहेको समेत उल्लेख गरे ।
अर्यालले डीडीसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताउँदै सिंहदरबारभित्र डीडीसीको बिक्री केन्द्र हुँदा डीडीसीको उत्पादन प्रयोगमा सहज हुने विश्वास लिएको सुनाए ।
त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले डीडीसीले धेरै जनसङ्ख्या भएको क्षेत्रमा बिक्री केन्द्रहरूलाई अभियानकै रूपमा अगाडि बढाउन आग्रह गरे । ‘डीडीसी विगतका वर्षको भन्दा पछिल्लो ६ महिनामा नाफा गएको छ । पछिल्लो समय दुग्धजन्य वस्तुहरू बिक्रीमा आएको कमीलाई सिंहदरबारको सहुलियत केन्द्रले थप सहयोग पुग्ने छ,’ उनले भने । सचिव पौडेलले सिंहदरबारमा २ हजार ५ सयभन्दा बढी कर्मचारी भएकाले उनीहरूको सहजताको लागि बिक्री केन्द्र स्थापना गरिएको बताए ।
डीडीसीका महाप्रबन्धक सञ्जीव झाले लामो समयदेखि सिंहदरबार परिसरमा बिक्री केन्द्रको स्थापना गर्न खोजेको र केही छलफलपछि पूरा भएको बताए ।
उनले बजारमा दुग्धजन्य पदार्थ स्टक रहेको बेलामा सिंहदरबारमा बिक्री केन्द्र स्थापना गर्नु उपयुक्त रहेको समेत बताए । उनले भने, ‘सिंहदरबारभित्र हामीले ४४ प्रकारका पदार्थहरू उपलब्ध गराएका छौँ । त्यसले गर्दा यहाँभित्रका कर्मचारी पनि लाभान्वित हुने छन् भने डीडीसीको समेत बजार विस्तार हुनेमा हामी विश्वस्त रहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण