भर्चुअल मुद्रा बिटक्वाइनको भविष्यमाथि प्रश्न
काठमाडौँ । विश्वको सबैभन्दा महँगो भर्चुअल मुद्रा हो बिटक्वाइन । पछिल्लो केही समयदेखि बिटक्वाइन भाउमा तीव्र वृद्धि भइरहेको थियो । एक वर्षअघि एउटा प्रतिगोटा २८ हजार डलर रहेको बिटक्वाइनको भाउ हालै ७० हजार डलरमाथि पुगेको थियो । तर यो बिन्दुपछि यसको भाउ घट्न थाल्यो र अहिले बिटक्वाइन ६२ हजार डलरमा किनबेच भइरहेको छ ।
विश्वभर धेरै मानिसहरू क्रिप्टोकरेन्सीप्रति आकर्षित भइरहेका छन् । तर सुन र चाँदी जस्ता कमोडिटीका विशेषज्ञ र अनुभवी लगानीकर्ता जिम रोजर्स भने यसको भविष्य अन्धकार देख्छन् । क्रिप्टोकरेन्सीको दीर्घकालीन सम्भावनामा ‘गहिरो शंका’ भएको उनको भनाइ छ । क्रिप्टोबारे उनी सशङ्कित छन् । यो टिक्छ भन्ने कुनै आशा उनको मनमा छैन । तर केही मानिसहरू भने यसमा ठुला अवसर देखिरहेका छन् ।
‘चिनी होस् वा चामल, भविष्यमा पनि यिनीहरूको मूल्य हुनेछ, किनकि मानिसहरूले यसको प्रयोग गर्छन् र अगाडि पनि गरिरहनेछन् । तर, बिटक्वाइनको मूल्य सधैँभरि रहनेछ भन्ने मलाई लाग्दैन । एक दिन बिटक्वाइन गायब हुनेछ र यसको मूल्य शून्य हुनेछ,’ रोजर्सको भनाई उद्धृत गर्दै बिजनेस टुडेमा एउटा समाचार छापिएको छ ।
बिटक्वाइनले सुन र चाँदीलाई प्रतिस्थापन गर्न सक्दैन
रोजर्स सुरुदेखि नै क्रिप्टोकरेन्सीको कटु आलोचक हुन् । बिटक्वाइनले सुन र चाँदी जस्ता परम्परागत वस्तुहरूलाई कहिल्यै प्रतिस्थापन गर्न नसक्ने उनको भनाइ छ । सुन–चाँदीबारे संसारका धेरै मानिसहरू गहन जानकारी पाइन्छ । तर बिटक्वाइनको भविष्य कस्तो हुनेछ भन्ने यसको जवाफ सायद कसैसँग नभएको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण