गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा गणतन्त्र आउँदैन थियो : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको बताएका छन् ।
बुधबार नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवको अवसरमा माइतीघरमा दीप प्रज्वलन गर्दै उनले यस्तो बताएका हुन् । उनले गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेताका रुपमा रहेको बताए । उनले गिरिजाप्रसादको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको भन्दै उनको स्मरण गरे ।
उनले भने, ‘गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेता हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्व नेपाली राजनीतिमा नभएको भए नेपालमा आज गणतन्त्र आउँदैन थियो । त्यो बेलाको हिंसा अन्त्य हुने स्थिति पनि बन्दैन थियो । गिरिजाप्रसादको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको हो । गिरिजाप्रसाद कोइराला देशलाई निकास दिने नेपालमा भएका हिंसा अन्त्य गर्ने साहस उहाँको उदाहरणीय छ ।’
नेता पौडेलले गिरिजाप्रसाद कोइरालामा देशलाई निकास दिने नेपालमा भएका हिंसा अन्त्य गर्ने साहस रहेको नेता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण