शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा गणतन्त्र आउँदैन थियो : प्रदीप पौडेल

बुधबार, ०७ चैत २०८०, २० : ५१
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाकै नेतृत्वका कारण नेपालमा गणतन्त्र आएको बताएका छन् ।  

बुधबार नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवको अवसरमा माइतीघरमा दीप प्रज्वलन गर्दै उनले यस्तो बताएका हुन् । उनले गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेताका रुपमा रहेको बताए । उनले गिरिजाप्रसादको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको भन्दै उनको स्मरण गरे ।

उनले भने, ‘गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिमा निर्भिक, सशक्त र निडर नेता हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्व नेपाली राजनीतिमा नभएको भए नेपालमा आज गणतन्त्र आउँदैन थियो । त्यो बेलाको हिंसा अन्त्य हुने स्थिति पनि बन्दैन थियो । गिरिजाप्रसादको नेतृत्वमा शान्ति प्रक्रियाको स्थिति अघि बढेको हो । गिरिजाप्रसाद कोइराला देशलाई निकास दिने नेपालमा भएका हिंसा अन्त्य गर्ने साहस उहाँको उदाहरणीय छ ।’

नेता पौडेलले गिरिजाप्रसाद कोइरालामा देशलाई निकास दिने नेपालमा भएका हिंसा अन्त्य गर्ने साहस रहेको नेता भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप