शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा कुनै पनि मन्त्रीले तलब नलिने

बिहीबार, ०८ चैत २०८०, १० : ५८
बिहीबार, ०८ चैत २०८०

इस्लामावाद । पाकिस्तानको अर्थतन्त्र यतिबेला स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । केही दिन अघि त्यहाँ नवनियुक्त राष्ट्रपति आसिफ अली जरदारीले तलब नलिने घोषणा गरेका थिए । अहिले प्रधानमन्त्री शाहबाज सरिफ र उनका मन्त्रीहरूले पनि देशको कमजोर आर्थिक अवस्थालाई विचार गरेर तलब नलिने घोषणा गरेका छन् । 

प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्ति अनुसार सरकारले अनावश्यक खर्चमा कटौती गर्ने निर्णय गरेको हो । सरकारको मितव्ययिता नीतिअनुसार सबै मन्त्रीहरूले तलब र त्यससँग सम्बन्धित सबै सुविधा छाड्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

आर्थिक संकटको गम्भीरतालाई ध्यानमा राख्दै शहबाज शरीफको मन्त्रिपरिषद्ले सरकारी खर्चमा विदेशी भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सरकारले संघीय मन्त्री, सांसद र सरकारी अधिकारीहरूलाई विदेश भ्रमणमा नजान निर्देशन दिएको छ । यात्राका लागि सरकारी कोष प्रयोग गर्नै पर्ने भए शहबाज सरिफको सरकारबाट पूर्व स्वीकृति लिनुपर्ने बताइएको छ । गत हप्ता राष्ट्रपति जरदारी र गृहमन्त्री मोहसिन नकवीले पनि तलब नलिने घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप