सरकारले सबै निर्वाचन क्षेत्रको अपनत्व ग्रहण गर्नेगरी बजेट ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री कार्की
काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै निर्वाचन क्षेत्रको अपनत्व ग्रहण गर्नेगरी आवश्यकताको आधारमा सरकारले बजेटमा योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
पूर्वअर्थमन्त्री कार्कीले मुलुकलाई सन्तुलित विकासको आवश्यकता रहेको भन्दै त्यहीअनुसार बजेटको व्यवस्था गर्न जरुरी रहेको बताए । उनले पूर्वाधारको व्यापक विकास अहिलेको आवश्यकता भएको दाबी गरे । आइटी नयाँ क्षेत्र र सरकारले सोचेको भन्दा बढी आम्दानी र रोजगारी दिने भएकाले सरकारले आइटीलाई सरकारले प्राथमिकताका साथ उल्लेख गर्नुपर्ने उनले बताए । उनले सरकारले आइटी क्षेत्रलाई उकास्ने किसिमको नीति निर्माण गर्न अहिलेसम्म नसकेको बताए ।
पूर्वअर्थमन्त्री कार्कीले बजेटमा योजना समावेश हुने तर कार्यान्वयन नहुने समस्याको अन्त्य गर्न आवश्यक रहेको बताए । उनले पुँजीको निर्माण नभई मुलुक दिगो विकास हुन नसक्ने भन्दै सरकारले अल्पकालीन रोजगारी भन्दा पनि दीर्घकालीन रोजगारी निर्माण गर्न विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले बजेटमा प्रतिफल दिने कुरालाई मात्रै महत्त्व दिन सुझाव दिए ।
समिति सभापति सन्तोष चालिसेले सरकारले भन्सारमा हुने चोरी पैठारी रोक्न आवश्यक रहेको बताए । उनले ७० अर्ब बराबर चिज निर्यात भएको रेकर्ड भएपनि अहिले गुणस्तरमा प्रश्न उठाएर युरोपियन मुलुकले रोक लगाएको भन्दै त्यसलाई खोल्न सरकारले ध्यान दिन आवश्यक रहेको बताए । उनले गलैँचा निर्यात बढाउने विषयमा पनि सरकार गम्भीर हुन आवश्यक रहेको बताए । सभापति चालिसेले विद्युत् निर्यात विदेशी मुद्रा आर्जन गर्ने प्रमुख उपाय रहेकाले सरकारको ध्यान विद्युत्को बजार खोजेर विद्युत् उत्पादन गर्नेतिर लाग्नुपर्ने बताए ।
उनले बैंकको ब्याजदर १७ प्रतिशतसम्म पुग्दा साना तथा घरेलु उद्योग सङ्कटमा रहेको बताए । उनले बैंकको ६ खर्ब तरलता बजारमा लगानी गर्न वातावरण सरकारले बनाउन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण