पुरानो रिसिइबीले झापामा महिलाको हत्या
बिहीबार, ०८ चैत २०८०, १७ : ४३
झापा । झापामा महिलाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका-२ बस्ने ३५ वर्षीय सनम भन्ने गंगा राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय कमान सिंह राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
कमानको घरमा बुधबार राति गई सुतेका गंगालाई पुरानो रिसिइबिको कारण कमानले सुतिरहेको अवस्थामा फलामको खन्ती प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पृथ्वीनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
-
रास्वपाको सभापति निर्वाचनमा ५० प्लस १ को व्यवस्था संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण