डाबर वाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर
बिहीबार, ०८ चैत २०८०, १८ : २३
काठमाडौँ । विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै डाबर वाटिका स्याम्पुले मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ । प्रतियोगिताको प्रायोजकको रूपमा डाबर वाटिकाले महिला सशक्तीकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गरेको कम्पनीको भनाई छ ।
डाबर नेपालका मार्केटिङ हेड अभय प्रसाद गोर्खालीले भने, ‘हामी सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आबद्ध हुन पाउँदा हर्षित छौँ । यो साझेदारीमार्फत हामीले नेपालभरका महिलाहरूलाई निडरताका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने लक्ष्य राखेका छौँ ।’
प्रतियोगिताका आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले टाइटल प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण