‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल’मा २० चलचित्र प्रदर्शन हुने
काठमाडौँ । १३औँ ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४’ काठमाडौँमा जारी छ । बुधबार एक कार्यक्रमका बिच सुरु भएको महोत्सव नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले आयोजना गरेको हो ।
शनिबारसम्म सीटीसी मलस्थित सिने द सेफ हलमा चल्ने फेष्टिभल ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष ः सांस्कृतिक विविधताको उत्सव’ मूल नारा सहित आयोजना भएको हो ।
महोत्सवमा उद्घाटनमा मार्टीन म्याकडोनाग निर्देशित विभिन्न अवाड उद्घाटनको दिन ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र ‘डाय ड्रिम्स’ प्रदर्शन भएको थियो ।
फेस्टिभल अवधिभर ९ युरोपियन चलचित्र र ११ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । महोत्सव अप्रिल १० र ११ गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुनेछ । सुदूरपश्चिम विश्वविद्यालयको हलमा चलचित्र प्रदर्शित हुनेछन् । यसैगरी महोत्सवको अर्को गन्तव्य लुम्बिनी प्रदेशको नेपालगञ्ज हुनेछ । जहाँ अप्रिल १५ मा चलचित्र प्रदर्शन हुनेछन् । कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा १९ र २० अप्रिलमा चलचित्र महोत्सव हुनेछ ।
फेस्टिभलको दूतमा नेपाली अभिनेत्री उपासना सिंह ठकुरी रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल फेला, सम्बन्धितलाई हस्तान्तरण
-
नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या
-
आँसु पुछ्न औँला छैनन्...
-
सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण
-
योजना आयोगको गुनासो : हाम्रो काम सुझाव दिने मात्रै भयो, कार्यान्वयन भएन
-
इमेलमा अश्लील म्यासेज पठाई महिलालाई दु:ख दिने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण