शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहवीर स्मृति खुला लनटेनिस सम्पन्न : एकलतर्फ प्रदिप र अभिलाषा च्याम्पियन

शुक्रबार, ०९ चैत २०८०, १३ : ३७
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । ‘१२ औँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिता–२०८०’ शुक्रबार सम्पन्न भएको छ । प्रतियोगिताको पुरुष एकलतर्फ प्रदिप खड्का च्याम्पियन बने । उनले फाइनल खेलमा रितिक रानालाई  ६–४, ३–६, ६–० अंकले हराए ।

यसैगरी महिला एकलतर्फ अभिलाषा विष्ट च्याम्पियन बनिन् । उनले फाइनल खेलमा माहिका राणालाई ६–२, ६–४ अंकले पराजित गरिन् । मिक्स डबल्स स्पर्धामा रितिक राना र अभिलाषा विष्टको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा प्रदिप खड्का र माहिका राणाको जोडिलाई ६–४, २–६, १०–६ अंकले पराजित गर्यो ।

३५ वर्षभन्दा माथिको भेन्ट्रान्स एकलतर्फको खेलमा अनिल शाही पहिलो भए । उनले फाइनलमा भिष्मजंग गुरुङलाई ६–३, ६–० अंकले हराए । ३५ वर्षभन्दा माथिको भेन्ट्रान्स डबल्स स्पर्धामा ईलुम दिक्षीत र जितेन्द्र परियार च्याम्पियन बन्यो । उक्त जोडीले फाइनलमा कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडीलाई ४–६, ६–३, १०–८ अंकले हरायो ।

यसैगरी ४५ वर्ष उमेर समूहको भेन्ट्रान्स एकलतर्फ रोहित सुनुवार पहिलो भए । उनले फाइनलमा महेश श्रेष्ठलाई ६–२, ६–४ अंकले पाखा लगाए । ४५ वर्षभन्दा माथिको पुरुष भेन्ट्रान्स डबलतर्फ कमलबहादुर भण्डारी र उत्तम शेर्पाको जोडी च्याम्पियन बन्यो । उक्त जोडीले फाइनलमा देगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई ६–३, ७–५ अंकले पराजित गर्यो ।

यसैगरी ५५ वर्षभन्दा माथिको भेन्ट्रान्स एकलतर्फ विमल वाईवा प्रथम भए । उनले फाइनलमा राजु श्रेष्ठलाई २–६, ६–१, १०–४ अंकले पराजित गरे । ५५ वर्षभन्दा माथिको पुरुष भेन्ट्रान्स डबलतर्फ बिमल वाइबा र हिमाल शाहको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा कमल थापा र छम्बा ढुण्डुपको जोडिलाई ६–३, ६–४ अंकले हरायो ।

यसैगरी ६५ वर्षभन्दा माथिको पुरुष भेन्ट्रान्स एकलतर्फ कमल थापा च्याम्पियन बने । उनले फाइनलमा मनोज राणालाई ४–१, ४–२ अंकले पराजित गरे । ईन्टर गभरमेन्ट डबल्सतर्फ उत्तम बोगटी र अमित गुरुङको जोडी च्याम्पियन बन्यो । उक्त जोडीले फाइनलमा बिक्रम गुरुङ र चन्द्रबहादुर थापाको जोडीलाई  ६–२, २–६, १०–७ अंकले हरायो ।

कुल ११ वटा स्पर्धा समावेश गरिएको उक्त प्रतियोगितामा एक सय ६२ जना खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित समापन समारोहमा महानिरीक्षक अर्यालले प्रतियोगिता सञ्चालनमा सहयोग पुर्याउने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियललाई पनि प्रशंसा–पत्र र मायाको चिनो प्रदान गरे ।

महानिरीक्षक अर्यालले राज्यप्रदत्त महत्वपूर्ण जिम्मेवारीका अतिरिक्त खेलकुद क्षेत्र विकासका लागि संगठनले आफ्नो स्थापना कालदेखि नै विभिन्न खेलकुद गतिविधिहरु निरन्तर रुपमा सञ्चालन गर्दै आएको बताए । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणासहित बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अधिकृतहरुको पनि उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप