नेपालमै एसेम्बल प्लान्ट खोल्दै हुण्डाई, नीतिगत झन्झट समाधान गरिदिन राजदूत पार्कको आग्रह
काठमाडौँ । कोरियाली सवारी उत्पादक हुण्डाई नेपालमा नै सवारी एसेम्बल सुरु गर्ने भएको छ । कम्पनीले मे महिनादेखि नेपालमा सवारी एसेम्बल सुरु गर्ने नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले बताएका हुन् ।
उनले अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्ताका क्रममा कोरियाली सवारी उत्पादक हुण्डाईले नेपालमै सवारी उत्पादन थाल्ने तयारीमा रहेको बताएका हुन् । उनका अनुसार नेपालमा स्थापित प्लान्टबाट प्रतिवर्ष ४ हजार ५०० सवारी उत्पादन हुन्छ ।
नेपालमा सवारी एसेम्बल सुरु गर्नका लागि नीतिगत झन्झटलाई भने सरकारले समाधान गर्नुपर्ने पार्कको भनाइ छ । उनका अनुसार सवारी उत्पादनका लागि कानुनी र प्रक्रियागत जटिलता समाधानका लागि सरकारले विशेष पहल थाल्नुपर्छ ।
पछिल्लो समय नेपालमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूले सवारी उत्पादन थालिरहेका छन् । सवारी उद्योग स्थापनाको पहिलो खुड्किलाका रूपमा रहेको एसेम्बल प्लान्ट धमाधम स्थापना भइरहेको छ । यतिबेला नेपालमा आधा दर्जन अन्तर्राष्ट्रिय सवारी ब्राण्डले मोटरसाइकल उत्पादन गर्दै आइरहेका छन् ।
नेपालमा रोयल इन्फिल्ड, बजाज, यामाहा, टीभीएस, हिरो लगायतले सवारी एसेम्बल गर्दै आइरहेका छन् । यसको सूचीमा चारपाङ्ग्रे सवारी उत्पादक हुण्डाई समेत यही वर्षको मे महिनादेखि थपिने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण