‘देशलाई बहुराष्ट्रिय राज्यको रूपमा स्थापित गर्न आवश्यक’
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय राज्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित ‘होली के सँग राष्ट्रियताको बहुरंग’होली विशेष मिलन कार्यक्रममा बोल्दै उनले देशमा भएका विभिन्न समस्याहरूको समाधानको उपाय भनेकै देशलाई बहुराष्ट्रिय राज्यको रूपमा स्थापित गर्नु रहेको भन्दै सोहीअनुसार देशको शासन र संविधान चलाउन आवश्यक रहेको बताए ।
उनले भने,‘अब आफ्नै या स्वदेशमा हामी सबैले आफ्नो पहिचान, संस्कृति एक ढिक्का भयौँ भने त्यो स्वदेशवाद हुन्छ । त्यही बहुराष्ट्रिय राज्य हुन्छ । देशको यावत समस्याहरूको समाधान गर्न बहुराष्ट्रिय राज्यको स्थापना गर्नुपर्छ । सोहीअनुसार देशको शासन र संविधान चलाउने हो । त्यो नै हाम्रो उत्तम उपाय हो । देशको रक्षा र समृद्धि, प्रगतिको लागि वा हामी सबैको स्वाभिमानको लागि अधिकार र पहिचानका साथ बाँच्न देश प्राकृतिक चरित्र अनुसार शासन हुनुपर्छ ।’
उनले बहुराष्ट्रिय मान्यताको आधारमा देशको शासन र संविधान चलाएर नेपाल सबैको लागि बन्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण