दाङमा करेन्ट लागेर ३ जनाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ मसुरियामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा शनिबार एकै घरका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरीले दाङले जनाएको छ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा एकै घरका हजुरबुबादेखि नातिसम्म रहेका छन्। ५५ वर्षीय दिलसरा केसी र ४ वर्षीय नाति ईश्वर केसीको घटनास्थलमा मृत्यु भएको छ भने ६० वर्षीय हजुरबुवा गोरखबहादुर केसीको बुटवलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए।
हजुरआमा र नातिको घरको आँगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । नातिलाई करेन्टबाट छुटाउने क्रममा हजुर आमालाई करेन्ट लागेको, नाति र श्रीमतीलाई करेन्टबाट छुटाउने क्रममा ६० वर्षीय केसीलाई पनि करेन्ट लागेको स्थानीयले बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन सचिव सिंह अनिवार्य अवकाशमा
-
नेपालमा कुष्ठरोग उन्मुलन भइसकेको छैन : प्रधानमन्त्री
-
धोनीको नामसँग जोडियो रमाइलो शतक, भन्छन् ‘तत्काल सन्न्यास लिने योजना छैन’
-
‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुँदै
-
नेपालयको दुई दिने पुस्तक मेलामा ६० प्रतिशतसम्म छुट दिने
-
आयोग पदाधिकारीका लागि सर्च कमिटीमा धमाधम अन्तर्वार्ता, पहिलो दिन ११ जनाको सकियो